• गृहपृष्ठ
  • १९ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

१९ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

Feb 1st, 2022

काठमाडौ, माघ १८
नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने १९ दसमलव २६ अंकले बढेर २८ सय ९१ दसमलव ३० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९८ अंकले बढेर पाँच सय ४२ दसमलव ९० अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको ८० हजार आठ सय २९ पटकको कारोवारमा एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले कमाएकाछन भने चार वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव २४ अंकले बढेर १८ सय ४१ दसमलव चार अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक सय नौ दसमलव ९४ अंकले बढेर ३५ सय २० दसमलव ३४ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ९१ दसमलव ८६ अंकले बढेर १३ हजार दुई सय दुई दसमलव ५५ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, लघुुबित्त, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वीन लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।