• गृहपृष्ठ
  • चर्चित गायक राज सिग्देलको “उसको याद” को भिडियो सार्वजनिक (भिडियो)

चर्चित गायक राज सिग्देलको “उसको याद” को भिडियो सार्वजनिक (भिडियो)

Feb 1st, 2022

काठमाडौ, माघ १८
उ जितेर गई या हारेर गईका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द शृजना रहेको गीतमा मन राज गुरुगंको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेक अप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विसम परिस्थितीलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन । जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी, राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय देख्न सकिन्छ ।

समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथालाई रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समुहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पाद विनम खत्रीले गरेका हुन । रोजगारीको सिलसिलामा परवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको उत्थान र प्रर्वद्धनमा लागि परेका होनाहार युवाहरुको यो कदमको नेपालमा चर्चा सुरु भएको छ ।