• गृहपृष्ठ
  • १४ अंकले घट्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

१४ अंकले घट्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

Jan 31st, 2022

काठमाडौ, माघ १७
नेप्से घटेको छ । आज सोमबार नेप्से १४ दसमलव ४८ अंकले घटेर २८ सय ७१ दसमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य आठ अंकले घटेर पाँच सय ३८ दसमलव ४५ अंकमा झरेको छ । दुई सय २५ वटा कम्पनीहरुको ६९ हजार सात सय ७० पटकको कारोवारमा एक करोड एक लाख पाँच हजार छ सय ६९ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा १० वटा समुहले गुमाएकाछन भने तीन वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ५२ अंकले घटेर १८ सय ३५ दसमलव ८० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि २३ दसमलव छ अंकले घटेर ३४ सय १० दसमलव ४० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । लघुबित्त, अन्य र लगानी समुहहरुको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा फरवार्ड कम्युनिटी माईव्रmो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो पावर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ ।