एकै दिन एक सय पाँच अंकले बढ्यो नेप्से

Jan 30th, 2022

काठमाडौ, माघ १६
नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से एकै दिन एक सय पाँँच दसमलव ५५ अंकले बढेर २८ सय ८५ दसमलव ५३ अंकमा पुग्दा सेन्सिटिभ पनि १९ दसमलव ८१ अंकले बढेर पाँच सय ३८ दसमलव ५३ अंकमा चढेको छ । आज दुई सय ३१ वटा कम्पनीहरुको ८१ हजार सात सय छ पटकको कारोवारमा एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबैको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४६ दसमलव ९९ अंकले बढेर १८ सय ५५ दसमलव ३२ अंकमा पुुगेको छ भने फाईनान्स समुहको सुचक पनि एक सय ५२ अंकले बढेर २५ सय ४९ दसमलव ३१ अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि एक सय ८२ दसमलव ९० अंकले बढेर ३४ सय ३३ दसमलव ४६ अंकमा पुुग्दा बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुुबित्त, सामुुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वीन लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया सेलेक्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कमपनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।