• गृहपृष्ठ
  • विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

Jan 30th, 2022

ओटावा (क्यानाड), १६ माघ, रासस/एएनआई/स्पुतनिक

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् ।

ट्रूडो र उहाँको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । सीबीसीले शनिबार जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड-१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए ।सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।