• गृहपृष्ठ
  • गायिका मेलिना र गायक रमेश कँडेलको नयाँ गीत सार्वजनिक (हेर्नुस् भिडियो)

गायिका मेलिना र गायक रमेश कँडेलको नयाँ गीत सार्वजनिक (हेर्नुस् भिडियो)

Jan 29th, 2022

काठमाडौ, माघ १५
गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘चम्पाकली’ बोलको गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ ।

सार्वजनिक रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन ।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन । भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।