• गृहपृष्ठ
  • विद्यालय तथा कलेज माघ मसान्तसम्म बन्द गरिने

विद्यालय तथा कलेज माघ मसान्तसम्म बन्द गरिने

Jan 28th, 2022

काठमाडौं १४ माघ

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीले) विद्यालय आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको हो । यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस गरिएको छ ।

सिसिएमसिले भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरेको जनाएको छछ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।