• गृहपृष्ठ
  • विजय बराल अभिनित तिम्रो याद आयो सार्वजनिक(भिडियो सहित)

विजय बराल अभिनित तिम्रो याद आयो सार्वजनिक(भिडियो सहित)

Jan 27th, 2022

काठमाडौ, माघ १३
स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौं नेपाली युवाको पिडालाई समेटेर तयार पारिएको नयाँ म्युजिक भिडियो तिम्रो याद आयो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा परदेशीको पिडा र मनोभावनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ ।

सविन सुवेदीको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको शब्द रहेको छ । दिपक शर्माले संगीतवद्ध गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन । भिडियोमा विजय बराल, प्रमिला खनाल र माया पौडेलको जिवन्त अभिनय देख्न सकिन्छ ।

श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।