• गृहपृष्ठ
  • नेप्से बढ्यो,छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए

नेप्से बढ्यो,छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए

Jan 27th, 2022

काठमाडौ, माघ १३
नेप्से बढेको छ । आज बिहिबार नेप्से तीन दमसलव ३३ अंकले बढेर २७ सय ७९ दसमलव ९८ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३८ अंकले बढेर पाँच सय १८ दसमलव ७२ अंकमा पुुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ५० हजार नौ सय ६५ पटकको कारोवारमा ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ३३ अंकले घटेर १८ सय आठ दसमलव ३३ अंकमा झर्दा बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज पाँच दसमलव ३५ अंकले बढेर ३२ सय ५० दसमलव ३८ अंकमा पुगेको छ भने फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।