• गृहपृष्ठ
  • बैकिङ् कसूर मुद्धाका फरार व्यक्ति पक्राउ

बैकिङ् कसूर मुद्धाका फरार व्यक्ति पक्राउ

Jan 27th, 2022

काठमाडौ, माघ १३
बैकिङ् कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार बैंकिङ कसुरका फरार प्रतिवादी लबराज ओलीलाई बुधबार पक्राउ गरिएको हो । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्वर ८ घर भएका ४० बर्षिय ओलीलाई बुधबार नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

ओलीले ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड) मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी उक्त वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट बिसं २०७७ फागुन २३ गते प्रतिवादी ओलीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र नौ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

सो पश्चात फरार भएका ओलीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले नुवाकोट शिवपुरी गा.पा.वडा नं ६, गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज बिहिबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीको भनाई छ ।