• गृहपृष्ठ
  • सक्रिय संक्रमित ९० हजार नाघे, आज थपिए ८ हजार ४५४ जना

सक्रिय संक्रमित ९० हजार नाघे, आज थपिए ८ हजार ४५४ जना

Jan 26th, 2022

काठमाडौं १२ माघ

पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो ।

यसैगरी सो अवधिमा आठ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।