• गृहपृष्ठ
  • झण्डै ४० अंकले घट्यो नेप्से, सबै सुचक रातै

झण्डै ४० अंकले घट्यो नेप्से, सबै सुचक रातै

Jan 26th, 2022

काठमाडौ, माघ १२
नेप्से उच्च अंकले घटेको छ । आज बुधबार नेप्से ३८ दसमलव ४२ अंकले घटेर २७ सय ७६ दसमलव ६५ अंकमा पुुग्दा सेन्सिटिभ पनि छ दसमलव छ अंकले घटेर पाँच सय १८ दसमलव ३४ अंकमा पुगेको छ । दुई सय ३३ वटा कम्पनीहरुको ६१ हजार चार पककको कारोवारमा ९३ लाख ५८ हजार सात सय कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ७६ अंकले घटेर १८ सय १२ दसमलव ६६ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ५२ दसमलव चार अंकले घटेर ३२ सय ४५ दसमलव चार अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ५९ दसमलव सात अंकले घटेर २३ सय ८२ दसमलव ६६ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४२ दसमलव ५४ अंकले घटेर १२ हजार सात सय २४ दसमलव दुई अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तेह्थुम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।