• गृहपृष्ठ
  • साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

Jan 26th, 2022

रियाद, १२ माघ /रासस/सिन्ह्वा

साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चान बीच भेटवार्ता भएको छ ।
साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गर्नु भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी आपसी सम्वन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डका प्रधानमन्त्री रियाद आउनु भएको हो ।

झण्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गर्नुभएको जनाइएको छ ।