• गृहपृष्ठ
  • सनराइज र कुमारी बैंकको नाफामा उच्च गिरावट, नाफा घटेका ६ बैंकमा लगानीकर्तालाई कति जोखिम ?

सनराइज र कुमारी बैंकको नाफामा उच्च गिरावट, नाफा घटेका ६ बैंकमा लगानीकर्तालाई कति जोखिम ?

Jan 26th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ १२
देशमा सञ्चालित २७ वटा बाणिज्य बैंकमध्ये ६ वटा बैंकहरुको नाफामा गिरावट आएको छ । सबैभन्दा बढि सनराइज बैंक र कुमारी बैंकको नाफामा उच्च गिरावट आएको छ ।

सनराइज बैंकले गत वर्षको पुष मसान्तसम्म ९४ करोड नाफा कमाएकोमा यो वर्षको सोहि अवधिमा यस्तो नाफा २१ प्रतिशतले घटेर जम्मा ९४ करोड पुगेको छ । कुल नाफामा २० करोड रुपैयाँ कमि आएको छ।

लगानीकर्तालाई लाभांसका रुपमा बितरण गर्ने वितरणयोग्य मुनाफामा ११ करोडले कमि आएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष २१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यो बैंकले यो वर्षमा जम्मा १० करोड मात्रै कमाएको छ । यसले यसका सेयर लगानीकर्ताले पाउने लाभांसमा भारी गिरावट आउने संकेत गर्छ ।

त्यसैगरि कुमारी बैंकले गत वर्ष १ अर्ब २१ करोड नाफा कमाएकोमा यो वर्षको सोहि अवधिमा यस्तो नाफामा २१ प्रतिशतले कमि आएर ९५ करोड कायम भएको छ । त्यसैगरि यो वैंकले बितरणयोग्य मुनाफा पनि गत वर्षको तुलनामा ४९ करोड कम कायम गरेको छ । अर्थात गत वर्षको पुषसम्म १ अर्ब ३८ करोड बितरणयोग्य मुनाफा कमाएकोमा यो वर्षको सोहि अवधिमा यस्तो कमाइ ६३ करोड कायम भएको छ।

यि बाहेक वितरणयोग्य नाफा नबिलको ३९ करोड, राष्ट्रिय बाणिज्य बैंकको ४२ करोड, प्राइमको ३७ करोड, एनएमबिको ६३ करोड, सिटिजन्सको १० करोड, कृषि बिकास बैंकको १२ करोड, सानीमाको ३१ करोड, प्रभुको ४६ करोड, नेपाल बैंक २६ करोड, बैंक अफ काठमाडौं २ करोड, नेपाल इन्भेष्टमेन्ट २३ करोडले वितरणयोग्य नाफा घटेको छ ।

लामो समयका लागि कुल नाफा हेरे पनि छोटो समयका लागि भने उसको वितरणयोग्य मुनाफामा बढि केन्द्रित हुन उचित हुन्छ । तर लामो समय लगानी गर्नेले भने कुल मुनाफामा के कति गिरावट आयो भनेर हेर्न उचित हुन्छ ।

नाफा घटेका बैंक

बैंकगत वर्षको पुषसम्मको नाफायो वर्षको पुषसम्ममको नाफानाफा गिरावट प्रतिशतमा
प्राइम१ अर्ब ८१ करोड१ अर्ब ६७ करोड
प्रभु१ अर्ब ५१ करोड१ अर्ब २६ करोड१६
कुमारी१ अर्ब २१ करोड९५ करोड२१
एभरेष्ट९६ करोड८३ करोड१३
नेपाल बंगलादेश९४ करोड८१ करोड१३
सनराइज९४ करोड७४ करोड२१

का २६ वटा बाणिज्य बैंकहरुले ६ महिनाको अवधिमा ३३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । तर उनिहरुले आफ्ना सेयरधनिलाई बाड्ने रकम अर्थात बितरणयोग्य मुनाफा भने उत्साहजनक रुपमा बढाउन सकेका छैनन् ।

देशमा सञ्चालित २७ वटा बाणिज्य बैकहरुमध्ये अहिलेसम्म २६ वटा बैंकहरुले गत पुषसम्ममको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा २० वटा बैंकहरुको नाफा बृद्धि भएको देखिएको छ ।