• गृहपृष्ठ
  • कोरोना अपडेटः १२ हजार ८ जनामा संक्रमण, ८ को मृत्यु

कोरोना अपडेटः १२ हजार ८ जनामा संक्रमण, ८ को मृत्यु

Jan 25th, 2022

आधारभूमि संवाददाता

काठमाडौं ११ माघ

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजारर १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ ।

त्यस्तै सोही अवधिमा आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।