• गृहपृष्ठ
  • नेको इन्स्यारेन्सद्धारा छ महिनामा ७० प्रतिसत दावी भुक्तानी

नेको इन्स्यारेन्सद्धारा छ महिनामा ७० प्रतिसत दावी भुक्तानी

Jan 25th, 2022

काठमाडौ, माघ ११
नेको इस्न्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा ७० प्रतिशत दावी भुक्तानी गरेको छ । निर्जिवन बीमा बजारमा बिगत २६ बर्षदेखि सेवा पुर्याँदै आएको कम्पनीले ग्राहकहरुलाई छिटोछरितो सेवा दिने प्रतिवद्धता बमोजिम २०७८ असार मसान्तसम्ममा बाँकी दावीहरु मध्ये चालु आवको छ महिनाको अवधिमा करिब ७० प्रतिसत दावी भुक्तानी गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार चालु आर्थिक बर्षको साउनको देखि पुस मसान्तसम्मको अवधिमा मोटर बीमामा ३३ करोड, ईन्जिनियरिङ बीमामा तीन करोड ३५ लाख, कृषि बीमामा करिब तीन करोड, सम्पती बीमामा करि १० करोड, सामुद्रिक बीमामा करित दुई करोड र बिविध बिमामा सात करोड रुपैयाँ समेत गरी कुल ६० करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणामस्वरुप ग्राहकको बिश्वास जित्न सफल भई कम्पनीको व्यवसायमा पनि गत बर्षको तुलनामा चालुु आर्थिक बर्षको छ महिनासम्ममा १८ प्रतिसतले बृद्धि गर्न सफल भएको जानकारी दिएको छ । त्यसैगरी कम्पनीले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव बीमा समितीमा पठाएको जानकारी पनि दिएको छ ।