नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

Jan 25th, 2022

काठमाडौ, माघ ११
आज मंगलबार नेप्से घटेको छ । नेप्से आज पाँच दसमलव ५९ अंकले घटेर २८ सय १४ दसमलव ७४ अंंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव १७ अंकले घटेर पाँच सय २४ दसमलव ८६ अंकमा पुुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको ७२ हजार चार सय एक पटकको कारोवारमा ९७ लाख ८४ हजार छ सय ५१ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार छ सय २७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा जीवन बीमा समुहको सुचक बढेको छ भने बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २५ अंकले घटेर १८ सय ३४ दसमलव ७७ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि १० दसमलव १७ अंकले घटेर ३२ सय ९७ दसमलव ८४ अंकमा पुुगेको छ । फाईनान्स समुहको सुचक पनि छ दसमलव नौ अंकले घटेर २४ सय ४१ दसमलव तीन अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वीन लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कृषि बिकास बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एशियन लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।