• गृहपृष्ठ
  • आसामदेखि नेपाल आएर हंगामा मच्चाए रोशनले, नेपालकी सुन्दरी बिनालाई कसरी पारे प्रेममा ?

आसामदेखि नेपाल आएर हंगामा मच्चाए रोशनले, नेपालकी सुन्दरी बिनालाई कसरी पारे प्रेममा ?

Jan 25th, 2022

काठमाडौ, माघ ११
भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ ।

रोशनले १ महिनाको काठमाडौँ बसाईमा गीत रेर्कडिगंदेखि सुटिगंसम्मको सारा काम सकेर अहिले भारत फर्किएका छन । रोशन म्युजिक नामक युट्युब च्यानलबाट उनले तिम्रो माया बोलको गीतको भिडियो रिलिज गरेका छन् । सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द र संगीत रहेको छ भने गीतमा लोकप्रिय लोकपप गायक सुनिल गिरीको एरेन्ज रहेको छ । तिम्रो मायामा गायक पुरीले अर्की सुन्दरी मोडल बिना राउतसँग अनस्क्रिन रोमान्स गरेका छन ।

काठमाडौँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम वियोगमा डुबेको एक जोडीको कथालाई निर्देशक दिप्रेन्द्र तिमल्सिनाले कलात्मक शैलिमा देखाएका छन । भिडियोमा धोका पाएका एक प्रेमी र धोका दिने मायालुको जाली रुपलाई देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन र कलरिगं रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्न । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन ।