एकै दिन एक सय अंकले घट्यो नेप्से

Jan 24th, 2022

काठमाडौ, माघ १०
नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से एक सय दसमलव १० अंकले घटेर २८ सय २० दसमलव ४१ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि १८ दसमलव २० अंकले घटेर पाँच सय २५ दसमलव ९० अंकमा झरेको छ । दुई सय २८ वटा कम्पनीहरुको एक लाख १३ हजार दुई सय पाँच पटकको कारोवारमा एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुुचक ५४ दसमलव ४८ अंकले घटेर १८ सय ३८ दसमलव ८१ अंकमा पुुगेको छ भने फाईनान्स समुहको सुचक पनि एक सय १० दसमलव तीन अंकले घटेर २२४ सय ४७ दसमलव १२ अंकमा पुुगेको छ । जलबिद्युत समुहको सुचक पनि एक सय ५४ दसमलव २४ अंकले घटेर ३३ सय नौ दसमलव ६५ अंकमा पुग्दा बिकास बैंmक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुुबित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वीन लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।