• गृहपृष्ठ
  • गायक सुनिल गिरीको ‘को होला त्यो २’ को फिमेल भर्सनमा वियोगको कथा (हेर्नुस् भिडियो)

गायक सुनिल गिरीको ‘को होला त्यो २’ को फिमेल भर्सनमा वियोगको कथा (हेर्नुस् भिडियो)

Jan 23rd, 2022

काठमाडौ, माघ ८
लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुगंको स्वर रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमिकाले आँफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन ।

नयाँ–नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले ‘तिमी आउँछौ की भनी’ मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन ।