• गृहपृष्ठ
  • भ्वाइस अफ नेपालका फाइनलिस्ट आर्यन तामाङको खुसी सार्वजनिक (भिडियो सहित)

भ्वाइस अफ नेपालका फाइनलिस्ट आर्यन तामाङको खुसी सार्वजनिक (भिडियो सहित)

Jan 23rd, 2022

काठमाडौ, माघ ९
द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको सुमधुर स्वर रहेको गीत खुसी सार्वजनिक भएको छ । रचनाकार अशोक खड्काको शब्द र संगीतकार निरोज लामाको कर्णप्रिय संगीत रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

खुसी नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव व्यक्त गरेको छ गीतले । गीतको भावअनुसार भिडियोमा खुसी भन्ने एउटी रचनाकार केटीको खुशीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथालाई देखाउने प्रयास गरिएको छ जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङको अभिनय रहेको छ । अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाको क्यामेरा र सुरेश राउतको सम्पादन रहेको छ ।

शब्द, संगीत र स्वरको उत्कृष्ट त्रिबेणी रहेको हुनाले यो गीतले स्रोता ,दर्शकको मन जित्नेमा प्रस्तुतकर्ता पुरन खड्का बिस्वस्त छन ।