१० अंकले घट्यो नेप्से

Jan 23rd, 2022

काठमाडौ, माघ ९
नेप्से घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से १० दसमलव ८३ अंकले घटेर २९ सय २० दसमलव ५१ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य छ अंकले बढेर पाँच सय ४३ दसमलव ८० अंकमा पुुगेको छ । दुुई सय ३२ वटा कम्पनीहरुको ८७ हजार चार सय ७८ पटकको कारोवारमा एक करोड ४७ लाख चार हजार दुई सय ७७ कित्ता शेयर किनबेच भएकाछन भने कुल शेयर कारोवार रकम सात अर्ब तीन करोड पाँच लाख आठ हजार दुई सय ६३ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १६ दसमलव ६७ अंकले घटेर १८ सय ९३ दसमलव २९ अंकमा झरेको छ भने जलबिद्युुत समुहको सुचक पनि ४२ दसमलव ७५ अंकले घटेर ३४ सय ६३ दसमलव ८८ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, लघुुबित्त र लगानी समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ३० दसमलव सात अंकले बढेर १३ हजार तीन सय ९० दसमलव ६४ अंकमा पुग्दा जीवन बीमा, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीमा वीन नेपाल लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमासामलिङ पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।