• गृहपृष्ठ
  • इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने

इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने

Jan 23rd, 2022

तेहरान (इरान), ९ माघ, /रासस/एएनआईरसिन्ह्वा

इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गर्नुभएको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।

“इरानको टर्कीसँग सम्बन्ध र सहयोगको दीर्घकालीन र व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्दछौं,” टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले भन्नुभयो। राईसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एर्दोगानले आफ्ना पक्षको लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताउँनुभएको छ ।टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेको समेत बताउँनुभएको छ।सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्त्वमा पनि जोड दिनुभएको छ।