• गृहपृष्ठ
  • वैशाख र जेठमा क्रमशः एसईई र कक्षा १२ को परीक्षा हुने

वैशाख र जेठमा क्रमशः एसईई र कक्षा १२ को परीक्षा हुने

Jan 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ ९ माघ

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने अहििलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने निर्णय गरेको वताउँदै चाँडै परीक्षा तालिका सार्वजनिक गर्ने जनाए ।

कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ ।

बोर्डले यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी थालेको जनाएको छ । बोर्डले यही शैक्षिक सत्रदेखि संविधानले र शिक्षा ऐनले व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताएका छन् ।