• गृहपृष्ठ
  • पेन्सलभेनियाबाट बिरेनले ल्याए तिम्रो याद (हेर्नुस् भिडियो)

पेन्सलभेनियाबाट बिरेनले ल्याए तिम्रो याद (हेर्नुस् भिडियो)

Jan 21st, 2022

काठमाडौ, माघ ७
भोइस अफ नेपाल सिजन १ का विजेता गायक सिडी विजय अधिकारीले संगीतवद्ध गरेको कवाली शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा प्रतिभाशाली युवा गायक बिरेन रसाइलीको स्वर रहेको छ । दिलिप घिमिरेको सुन्दर शब्दमा रहेको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।

ताज प्लालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । विकाश दाहालले सम्पादन गरेको यस भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।