• गृहपृष्ठ
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 21st, 2022

काठमाडौं, माघ ७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका ३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र नगद १२ लाख रुपैयाँ जरिवाना ठहर गरी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्ताखानबाट पक्राउ गरेको हो ।

रिजालले आफ्नो वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी एनआईसी बैंकको खाताबाट भुक्तान हुने भनी चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।