लिभरपुल काराबाओ कपको फाइनलमा

Jan 21st, 2022

आाधारभूमि संवाददाता

काठमाडौं, माघ ७
लिभरपुल काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा २–० को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे ।

खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ७७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

पहिलो लेगमा लिभरपुल र आर्सनलले गोलरहित बराबरी खेलेका थिए ।

जितसँगै लिभरपुल काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब फाइनलमा लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।फाइनल फेब्रुअरी २७ मा हुनेछ।