• गृहपृष्ठ
  • ३३ अंकले बढ्यो नेप्से ,दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए

३३ अंकले बढ्यो नेप्से ,दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए

Jan 20th, 2022

काठमाडौ, माघ ६
नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने ३३ दसमलव तीन अंकले बढेर २९ सय ३१ दसमलव ३४ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव नौ अंकले बढेर पाँच सय ४३ दसमलव ७४ अंकमा चढेको छ । दुई सय २९ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ८२ पटकको कारोवारमा एक करोड ५९ लाख ८९ हजार सात सय ४४ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार चार सय नौ रुपैयाँ १८ पैसा पुुगेको छ । अघिल्लो दिन भने यस्तो कारोवार रकम छ अर्ब भन्दा बढी रहेको थियो ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बिकास बैंक समुहको सुचक एक सय ७२ दसमलव ११ अंकले बढेर पाँच हजार दुुई सय ७९ दसमलव २१ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ७६ दसमलव १० अंकले बढेर ३५ सय छ दसमलव ३१ अंकमा पुुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय ६२ दसमलव ४० अंकले बढेर १६ हजार छ सय ५४ दसमलव ९४ अंकमा पुग्दा फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुुबित्त, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी परेको छ ।