३८ अंंकले घट्यो नेप्से, सबै सुचक रातै

Jan 19th, 2022

काठमाडौ, माघ ५
नेप्से घटेको छ । आज बुधबार नेप्से ३८ दसमलव ३५ अंकले घटेर २८ सय ९८ दसमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव ८१ अंकले घटेर पाँच सय ३९ दसमलव ६५ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ८४ हजार दुई सय ३३ पटकको कारोवारमा एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब दुुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएकोछ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव नौ अंकले घटेर १९ सय १० दसमलव ९८ अंकमा पुगेको पुग्दा फाईनान्स समुहको सुचक पनि ५२ दसमलव ७२ अंकले घटेर २५ सय ५१ दसमलव ८७ अंकमा पुुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुुई सय २५ दसमलव ८७ अंकले घटेर १६ हजार एक सय ८९ दसमलव ३९ अंंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।