• गृहपृष्ठ
  • आफुलाई प्रकृतिसँग तुलना गर्दै सुन्दरी मोडल सृजना

आफुलाई प्रकृतिसँग तुलना गर्दै सुन्दरी मोडल सृजना

Jan 19th, 2022

काठमाडौ, माघ ५
कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय रहेको फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर रहेको गीतको भिडियो बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन । फूलहरु मगमगको भिडियो बजारमा आएसँगै उनलाई शुभकामना दिने र हौस्याउनुहरु बढेको बताउँछिन सृजना । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफुलाई प्रकृतिसँग तुलना गर्दे आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन । कन्चन थुलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।