नेप्से घट्यो, कारोवार रकम भने बढ्यो

Jan 18th, 2022

काठमाडौ, माघ ४
साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से घटेपनि कारोवार रकम भने बढेको छ । नेप्से आज १० दसमलव ७८ अंकले घटेर २९ सय ३६ दसमलव ६६ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स एक दसमलव १० अंकले बढेर पाँच सय ४७ दसमलव ४६ अंकमा चढेको छ । दुई सय २४ वटा कम्पनीहरुको एक लाख १५ हजार नौ सय ५८ पटकको कारोवारामा एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँ ८६ पैसा पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार भएकोमा चार वटा समुहले कमाएकाछन भने नौ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ३९ अंकले बढेर १९ सय २५ दसमलव सात अंकमा पुगेको छ भने होटल तथा पर्यटन, सामुुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने एक सय ३० दसमलव ७३ अंकले घटेर ५१ सय ७० दसमलव २४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय ९८ दसमलव १६ अंकले घटेर १६ हजार चार सय १५ दसमलव २६ अंकमा पुगेको छ । जलबिद्युत, निर्जिवन बीमा, फाईनान्स, लगानी, उत्पादमुलक, लघुबित्त र टे«डिङ समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामलिङ पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।