बेलायतमा बेरोजगारी दर घट्यो

Jan 18th, 2022

लन्डन, ४ माघ, /रासस/एएफपी

बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ ।