• गृहपृष्ठ
  • विश्वभर बढ्यो कोरोना आतंक: एकैदिन ४ हजार ९७८ जना संक्रमितले गुमाए ज्यान

विश्वभर बढ्यो कोरोना आतंक: एकैदिन ४ हजार ९७८ जना संक्रमितले गुमाए ज्यान

Jan 18th, 2022

काठमाडौ ४ माघ

पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्। सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार, स्पेनमा १ लाख १० हजार, फ्रान्समा १ लाख २ हजार र अर्जेन्टिनामा १ लाख २ हजार छन् ।

त्यसैगरी बेलायतमा ८४ हजार, इटलीमा ८३ हजार, ब्राजिलमा ७६ हजार र टर्कीमा ६४ हजारमा संक्रमित भएका छन्।

त्यस्तै सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, रुसमा ६७०, फ्रान्समा २९६, इटलीमा २८७, ब्राजिलमा १६२, टर्कीमा १६२, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४ जना रहेका छन्। योसँगै अहिलेसम्म ५५ लाख ६३ हजारको कोरोनाबाट मृत्यु भइसकेको छ।

हालसम्म ३३ करोड १० लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन्। जसमध्ये २६ करोड ८९ लाख ४१ हजार संक्रमणमुक्त भएका छन्।