• गृहपृष्ठ
  • २० अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

२० अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

Jan 17th, 2022

काठमाडौं, माघ ३
नेप्से बढेको छ । आज सोमबार नेप्से २० दसमलव ६४ अंकले बढेर २९ सय ४७ दसमलव ३८ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ७० अंकले बढेर पाँच सय ४६ दसमलव ३३ अंकमा चढेको छ । दुई सय २४ वटा कम्पनीहरुको ९६ हजार चार सय आठ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार सात सय १३ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम सात अर्ब ९० करोड १८ लाख ९० हजार छ सय ६८ रुपैयाँ चार पैसा पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले गुमाएकाछन भने बाँकी समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ४६ अंकले बढेर १९ सय दुई दसमलव ५६ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक ५५ दसमलव ९४ अंकले बढेर तीन हजार पाँच सय २४ दसमलव २८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८० दसमलव २७ अंकले बढेर १६ हजार छ सय १३ दसमलव ४२ अंकमा पुग्दा निर्जिवन बीम, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज २३ दसमलव ३३ अंकले घटेर पाँच हचार तीन सय दसमलव ८२ अंकमा झर्दा फाईनान्स, लगानी, लघुुबित्त र टे«डिङ समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी बैंंकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमाा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।