• गृहपृष्ठ
  • उदित नारायण झा को स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक(हेर्नुस् भिडियो)

उदित नारायण झा को स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक(हेर्नुस् भिडियो)

Jan 17th, 2022

काठमाडौ, माघ ३
नेपाली पाश्र्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ । ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन ।

राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ । डा. प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेकाछन । गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ । बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन । सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन । भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।