• गृहपृष्ठ
  • सुमनको निर्देशनमा आयो सिडी बिजयको ‘तिमीसँग छुट्टिएर’

सुमनको निर्देशनमा आयो सिडी बिजयको ‘तिमीसँग छुट्टिएर’

Jan 16th, 2022

काठमाडौं, माघ २
रियालिटी शो भ्वाईस अफ नेपालका प्रथम बिजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो रिलिज भएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
गीतको भिडियोलाई अमेरिकामा छायाँकन गरिएको छ । आधा दशकदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेका छन् । गत साता मात्र उनले अर्को म्युजिक भिडियो पनि त्यहीँबाट रिलिज गरेका थिए ।

गीतको भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ । प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको बेदनामा भिडियो केन्द्रित छ ।यो गीतलाई कल्पना पाठकले लेखेकी हुन् । गायक सिडी विजयले नै यो गीतमा संगीत गरेका छन् । वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ ।

यो गीतको भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । जसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।