एकै दिन ६९ अंकले बढ्यो नेप्से

Jan 16th, 2022

काठमाडौ, माघ २
नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६९ अंकले बढेर २९ सय २६ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ८१ अंकले बढेर पाँच सय ४२ दसमलव ४३ अंकमा चढेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय ८९ पटकको कारोवारमा एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता किनबेच भएकाछन भने कारोवार रकम नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्से हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३९ दसमलव ४७ अंकले बढेर १८ सय ८२ दसमलव ८५ अंकमा पुुगेको पुग्दा जलबिद्युुत समुहको सुचक पनि ७५ दसमलव २६ अंकले बढेर तीन हजार चार सय ६८ दसमलव ३३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ५६ दसमलव ६२ अंकले बढेर २६ सय ७५ दसमलव ४० अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६६ दसमलव २२ अंकले बढेर १३ हजार तीन सय ३४ दसमालव ७० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा ग्लोवल आईएमई बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।