• गृहपृष्ठ
  • अंकित बाबु अधिकारीको कफी क्रश सार्वजनिक (हेर्नुस् भिडियो)

अंकित बाबु अधिकारीको कफी क्रश सार्वजनिक (हेर्नुस् भिडियो)

Jan 15th, 2022

काठमाडौ, माघ १
गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात कफी क्रश सार्वजनिक गरेका छन ।
प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ । यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन ।

कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफि जत्तिकै सुन्दर, मिठो अनि माया लाग्दो, साँच्चिकै कहिले यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पुरा हेर्नु पर्ने हुन्छ । भिडियोमा एक युवकलाई कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेकी एक सुन्दर युवतीले आकर्षित गर्छिन र तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दंङ्ग पर्छन । उनिहरु बीचको आँखा जुधाई, हेराहेर र अन्य भावसंवादहरुलाई क्याफेको एक वेटरले नजिकै बाट नियाली रहेको हुन्छ र उक्त वेटर गीतमा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमान्चक बनेको महशुश हुन्छ ।

भिडियोमा अब्बल गायक प्रताप दास र प्रियाना आचार्य मुन्नीको अभिनय रहेको छ । क्याफेको वेटर को भूमिका अंकित बाबु आफैले निभाएका छन । यो गित एक किसिमको प्रयोग हो । मैले गर्दै आएका अन्य गीतहरु भन्दा यो भिन्न छ । यसमा प्रयोग भएका शब्द तथा संगीतले टिनेजर्सका कथा भने जस्तो लाग्छ् अंकित बाबु भन्छन । अंकित बाबुका चर्चित गीतहरुमा के माया लाग्छ र, राम नाम, सम्झनालाई, याक्थुङ्मा कान्छी र विनायो भाकैले, हरु पर्छन ।

एसिरिज नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन । नविनले यो भन्दा अघी ‘मुना’, ‘वशन्त शिशिर’, लगायतका जोड्दार भिडियोहरु बनाएका छन ।