• गृहपृष्ठ
  • अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

Jan 14th, 2022

संयुक्त राष्ट्रसंघ,३० पुस /रासस/सिन्ह्वा

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गर्नुभएको छ ।दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उहाँले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो ।

संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उहाँले भन्नुभएको छ । उहाँले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रअरु सञ्चालन होस् भन्ने चाहेको पनि बताउनुभएको छ ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।