• गृहपृष्ठ
  • सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

Jan 14th, 2022

सुनसरी, पुस २९
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट पौष २८ गते सशस्त्र प्रहरीले करीव १५ मिलिग्राम ब्राउन सुगर तथा २ पत्ता नाईट्रोजन ट्याब्लेटसहित भारतमा घर बताउने पंकज कुमार यादवलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । यसैगरी सोही जिल्लाकै कोशी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट पौष २८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कोशी गाँउपालिका ४ बस्ने प्रवेश आलम र भोक्राहानरसिंह गाँउपालिका ५ बस्ने ३४ बर्षिय बाजुदिन मन्सुरी छन् । को ३१ प ७०७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स १२ बोतल, नाईट्रोजन ट्याब्लेट ५० वटा र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ३ सय ६० वटा फेला पारेको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।