• गृहपृष्ठ
  • अमेरिकाबाट नारायणले ल्याए भतभती पोल्छ(भिडियो)

अमेरिकाबाट नारायणले ल्याए भतभती पोल्छ(भिडियो)

Jan 14th, 2022

काठमाडौ, पुस ३०
समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्तरूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो भतभती पोल्छ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको रहेको छ । दिप घतानीले संगीतवद्ध गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन । भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन ।

तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल नारायण रसाइली अफिसिएल मार्फत सार्वजनिक गरिएको हो । कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन भन्ने उद्ेश्यका साथ यो म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताएका छन ।
भिडियो लिंक