• गृहपृष्ठ
  • एकै दिन ५४ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

एकै दिन ५४ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

Jan 13th, 2022

काठमाडौ, पुुस २९
नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ५४ दसमलव १२ अंकले बढेर २८ सय ५७ दसमलव ७५ अंकमा पुुग्दा सेन्सिटिभ पनि आठ दसमलव ९४ अंकले बढेर पाँच सय ३० दसमलव ८३ अंकमा पुुगेको छ । दुुई सय २४ वटा कम्पनीहरुको ७७ हजार छ सय ६८ पटकको कारोवारमा एक करोड १८ लाख ३४ हजार दुई सय १६ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ६६ करोड ९७ लाख ४८ हजार पाँच सय ६८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा अन्य समुहको सुचक घटेर बाँकी १२ वटा समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक नौ दसमलव ८७ अंकले बढेर १८ सय ४३ दसमलव ३८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ९२ दसमलव ५९ अंकले बढेर २६ सय १८ दसमलव ७८ अंकमा पुगेको छ । यसैरी निर्र्जिवन बीमा समुहको सुचक पनि दुई सय ८८ दसमलव ५६ अंकले बढेर १३ हजार ६८ दसमलव ४८ अंंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्येभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बैंकको ऋणप २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपरतामाकोशी हाईड्रो पावर लिमिटेड परेको छ ।