• गृहपृष्ठ
  • ३० अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुह धेरै

३० अंकले घट्यो नेप्से ,कमाउने भन्दा गुमाउने समुह धेरै

Jan 12th, 2022

काठमाडौ, पुस २८
नेप्से घटेको छ । साताको चौथो कारोवार दिन आज बुधबार नेप्से ३० दसमलव ५१ अंकले घटेर २८ सय तीन दसमलव ६२ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव चार अंकले घटेर पाँच सय २१ दसमलव ८३ अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरुको ९० हजार पाँच सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४७ हजार तीन सय ९० कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब तीन करोड ३२ लाख १२ हजार सात सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ, उत्पादनमुलक र लगानी समुहहरुको सुचक बढेकाछन भने बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ४७ अंकले घटेर १८ सय ३३ दसमलव २१ अंकमा झरेको छ । जलबिद्युुत समुहको सुचक पनि छ दसमलव ८८ अंकले घटेर ३२ सय ३४ दसमलव ६० अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६६ दसमलव ४५ अंकले घटेर १२ हजार सात सय ७९ दसमलव ९२ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बंगलादेश बैंक परेको छ ।