• गृहपृष्ठ
  • ४९ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

४९ अंकले बढ्यो नेप्से ,गुमाउने भन्दा कमाउने समुह धेरै

Jan 11th, 2022

काठमाडौ, पुस २७
नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार पनि ४९ दसमलव १९ अंकले बढेर २८ सय ३४ दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव ३४ अंकले बढेर पाँच सय २८ दसमलव ८७ अंकमा चढेको छ । आज दुई सय ३२ वटा कम्पनीहरुको ७७ हजार १५ पटकको कारोवारमा एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक समुहको सुचक घटेर बाँकी १२ वटा समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६४ अंकले बढेर १८ सय ५५ दसमलव ६८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ४९ दसमलव ७३ अंकले बढेर २५ सय ८३ दसमलव ९५ अंकमा पुगेको छ । बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।