• गृहपृष्ठ
  • विबादास्पद छवीकी मोडल सोनिकाको पछिल्लो कामको चर्चा, आखिर के गरिन फेरि सोनिकाले ? (हेर्नुस् भिडियो)

विबादास्पद छवीकी मोडल सोनिकाको पछिल्लो कामको चर्चा, आखिर के गरिन फेरि सोनिकाले ? (हेर्नुस् भिडियो)

Jan 11th, 2022

काठमाडौ, पुस २७
प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेरु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।
रोमान्स गर्दा गर्दे कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन भने सम्पादन विकास धमलाले गरेका हुन । यसैबिच गायक श्रेष्ठको केही समयअघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।