• गृहपृष्ठ
  • हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित

हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित

Jan 10th, 2022

काठमाडौं, पुस २६
नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस २३ गतेको निर्णयले पुस २१ गतेबाट लागू हुनेगरी प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सचिवस्तरको २०७८ पुस २५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त निर्णयबाट पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच दज्र्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।दज्र्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई।फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा। अभिमन्यु श्रेष्ठ तथा डा। बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड-१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्राविधिक काम संगठनका लागि निकै महत्वपूर्ण हुने हुनाले संगठनको मूल्य, मान्यता र मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी रुपमा काम गर्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई। फणिन्द्र बरालले पदोनन्तिसँगै थपिएको जिम्मेवारी पूरा गर्न परिस्कृत र पारदर्शी ढंगले निष्ठाका साथ उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।