• गृहपृष्ठ
  • १९ अंकले बढ्यो नेप्से,गुमाउने भन्दा कमाउने समुह धेरै

१९ अंकले बढ्यो नेप्से,गुमाउने भन्दा कमाउने समुह धेरै

Jan 10th, 2022

काठमाडौ, पुस २६
नेप्से बढेको छ । नेप्से आज सोमबार १९ दसमलव ४३ अंकले बढेर २७ सय ८४ दसमलव ९५ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव १६ अंकले बढेर पाँच सय २२ दसमलव ५३ अंकमा चढेको छ । दुुई सय ३६ वटा कम्पनीहरुको ७७ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड ४२ लाख ८८ हजार एक सय ३० कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम सात अर्ब अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक घटेर १० वटा समुहहरुको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव २८ अंकले घटेर १८ सय ५२ दसमलव तीन अंकमा पुुग्दा होटल तथा पयर्टन र उत्पादनमुलक समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने ३७ दसमलव ५८ अंकले बढेर चार हजार नौ सय ७८ दसमलव ९० अंकमा पुुग्दा फाईनान्स समुहको सुचक पनि ७८ दसमलव नौ अंकले बढेर दुई हजार चार सय ३४ दसमलव २२ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, निर्जिवन बीमा, जीवन बीम, टे«डिङ, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्रभु सेलेक्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने गोर्खाज फाईनान्स परेको छ ।