• गृहपृष्ठ
  • देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न आग्रह

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न आग्रह

Jan 9th, 2022

काठमाडौं २५ पुस।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

यसैगरी सरकारले अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको छ ।
साथै बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।