• गृहपृष्ठ
  • साताको पहिलो दिन नै ७३ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन नै ७३ अंकले बढ्यो नेप्से

Jan 9th, 2022

काठमाडौ, पुस २५
नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ७३ दसमलव एक अंकले बढेर २७ सय ६५ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि १३ दसमलव २१ अंकले बढेर पाँच सय १९ दसमलव ३७ अंकमा चढेको छ । दुुई सय ३९ वटा कम्पनीहरुको ८२ हजार एक सय १३ पटकको कारोवारामा एक करोड ५० लाख ५८ हजार छ सय २१ कित्ता सेयर खरिद किनबेच भएकाछन भने कारोवार रकम सात अर्ब १० करोड १८ लाख ३१ हजार पाँच सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार हुंदा आजन १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दसमलव तीन अंकले बढेर १८ सय ६७ दसमलव ३२ अंकमा पुग्दा फाईनान्स समुहको सुुचक पनि एक सय १५ दसमलव ६३ अंकले बढेर २३ सय ५५ दसमलव पाँच अंकमा पुुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ७९ दसमलव ७७ अंकले बढेर क१२ हजार पाँच सय १९ दसमलव ४३ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, जीवन बीम, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ बैकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।