• गृहपृष्ठ
  • इन्डियन आइडल विजेता पवनदिप नेपाल आउँदै

इन्डियन आइडल विजेता पवनदिप नेपाल आउँदै

Jan 9th, 2022

काठामाडौ, पुस २५

भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन् । काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन् ।

डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फण्ड रेजिङ्ग कार्यक्रममा चर्चित गायक पवनदिपले काठमाण्डौंको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिनेछन् ।

साथै यही माघ १ गते रोटरी क्लव अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदिपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिने छ । पवनदिप राजन इण्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् ।